अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ६१ लाख ५३ हजार भन्दा धेरै संक्रमित, ३ लाख ७० हजार बढीको मृत्यु



एजेन्सी, १८ जेठ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले  विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वका २१३ मुलुकमा ६१ लाख ५३ हजार ३८० जना संक्रमित भएका हुन् ।  पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १ सय नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार बढीको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ८७० पुगेको छ ।

            ३० लाख ४७ हजार ९६१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको त । त्यस्तै २७ लाख ३४ हजार ५४९ जनाले कोरोना भाइरस जितेका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहानसम्म १ लाख ७३ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

        विश्वमा सबैभन्दा बढी प्रभाव परेको कोरोना भाइरसका कारण त्यहाँ १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । अमेरिकामा १८ लाख १६ हजार ८२० जना संक्रमित भएका छन् । त्यस्तै ५ लाख ३५ हजार २३८ जना कोरोना भाइरस मुक्त भएका छन् । 

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६