काठमाडौं, १८ जेठ । चिकित्तसहरुले बिरामीको मस्तिष्को शल्यक्रिया गर्दा बिरामी आफैले मादल बजाएका छन् । शल्यक्रियाको क्रममा बिरामी आफैँले मादल बजाउँदै चिकित्सकलाई आफ्नो उपचारमा सघाएका थिए।
मादल बजाउँदा गाह्रो अनुभव गर्ने उनले शल्यक्रिया पछि सहजै मादल बजाउँदै आएका छन् । करिब तीन दशकदेखि व्यावसायिक रूपमा मादल बजाउँदै आएका सल्यानका खड्गबहादुर बुढाले केही महिना अगाडि मादल बजाउँदा उनलाई गाह्रो अनुभव भएको थियो । ५६ वर्षीय बुढालाई डिस्टोनिया नामको स्नायुप्रणालीसम्बन्धी रोग लागेको कारण उनलाई शल्यक्रिया गर्नु परेको हो । हालै काठमाण्डूको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरेपछि उनी रोगमुक्त भएका छन्।यस्तो प्रकृतिको उपचार नेपालमा दुर्लभ भएको डाक्टरहरु बताउँछन् ।
प्रतिक्रिया