ब्रेकिंग न्युज

कोरोना संक्रमणको उद्गम थलो चिनवाटै डिसेम्वरसम्म खोप बजारमा आइपुग्ने



एजेन्सी १८ जेठ ।कोरोना विरुद्धको खोपमा चिनिया अनुसन्धानकर्ताहरुलाई ठूलो सफलता मिलेको छ । अहिले २ हजार जनामा दोस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) भैरहेको कारोना विरुद्धको खोप यसै वर्षको अन्त अर्थात डिसेम्वर सम्ममा विक्रिका लागि बजारमा आउने भएको छ ।चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित गरेको रिपोर्टमा कोराना विरुद्धको खोप वर्षको अन्तसम्ममा बजारमा आइपुग्ने जनाइएको छ ।

        यो भ्याक्सिन संयुक्त रुपमा बेइजिङ इन्स्टीच्युट अफ बायोलोजिकल प्रोडक्ट र चाइना नेशनल बायोटेक ग्रुपले विकास गरेका हुन् ।रिपोर्टमा भ्याक्सिनको दोश्रो चरणको परीक्षण पूरा हुन लागेको जनाउँदै वर्षको अन्ततिर आम सर्वसाधारणको लागि खो प्रयोगमा आउने उल्लेख गरिएको छ ।भ्याक्सिन उत्पादन क्षमता बार्षिक १० अर्बदेखि १२ अर्बसम्म हुने जनाइएको छ ।विश्वभर कोरोना भाइर विरुद्धको खोप तयार गर्न अनुसन्धान भैरहेको छ ।

     तर, केहीमात्र भ्याक्सिनको विकास आशलाग्दो रहेको छ । खोपको तेस्रो चरणको परीक्षण सफल भएपछि मात्र आम उपयोगका लागि व्यवसायिक उत्पादन हुन्छ । केही दिन अघि भएको विश्व स्वास्थ्य संगठनको बैठकमा चिनिया राष्ट्रपति सि चिङफिङले कोरोना विरुद्धको खोप विश्वभर बाँढ्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६