लुम्बिनी

देवदह हत्याः छानबिन गर्न निर्देशन



बुटवल, १८ जेठ । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएकी १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

  नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।  मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा भएका मृत्युका सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै देवदह घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको बताउनुभयो । संविधानसभा सदस्य विनोद पहाडीले बन्दाबन्दीका समयमा मात्रै ३२  जातीय छुवाछुतका घटना घटेकाले यस्तो  कामको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६