लुम्बिनी

बुटवलबाट थप ४ जनाले कोरोना जितेर घर फर्किए



बुटवल, १८ जेठ । रूपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पतालबाट आइतबार थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाका अनुसार निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन । 

            उनीहरू वैशाख २९ र ३० गते भर्ना भएका थिए । उनीहरू १५ देखि ४० वर्ष उमेर समूहका छन् । अस्पतालबाट हालसम्म १५ जना निको भएर घर फर्किसकेको छन ।  यस अगाडि जेठ १० गते  कपिलवस्तुका १० जना युवा निको भएर घर गएका थिए । भने, रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिया युवा वैशाख ३० गते निको भएर घर फर्किसकेका छन । 

            कोरोना अस्पतालको जनरल वार्डमा ३१ जना र १ जना आइसियुमा उपचाररत रहेको डा. थापाले जानकारी दिए । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । डा. थापाले भन्नुभयो ‘यहाँ आएकाहरु कोरोना जितेर खुसी हुँदै घर फर्किएका छन् एक जना जटिल अवस्थाका बिरामीलाई भेटिलेटरमा राखेर उपचार गरिएपछि अहिले भेन्टिलेटर हटाइएको छ । उनको अवस्था पनि सुधार उन्मुख छ ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६