बुटवल, १८ जेठ । रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिकाले सरकारी र नीजि स्कुलहरुलाई कुनैपनि भर्नाको कार्यक्रम नगर्न निर्देशन दिएका छन । जेठ २१ देखि नीजि स्कुलहरुले भर्ना अभियान सञ्चालन गर्ने समाचार सार्वजनिक भैरहेको बेला दुई पालिकाहरुले यस्तो निर्देशन दिएका हुन । कोरोनाको जोखिम अझैपनि बढ्दो अवस्थामा रहेकोले अर्को सूचना जारी नभएसम्म विद्यार्थी भर्नाका नाममा कुनैपनि गतिविधि नगर्न दुई पालिकाहरुले निर्देश गरेका हुन ।
रुपन्देहीका केही नीजि विद्यालयले भर्ना अभियान सञ्चालन गरेको समाचार बाहिर आईरहेको छ भने स्टेशनरीहरुमा भने पुस्तक विक्री निर्वाध रुपमा चलिरहेको छ ।
प्रतिक्रिया