लुम्बिनी

पाल्पामा रोकियो स्वाव संकलन, यस्तो छ प्रदेशको निर्देशन



पाल्पा, १८ जेठ । हालै सिमा नाकाबाट पाल्पा भित्रिएका सबै नागरिकहरुको कोरोना परिक्षणको नमुना संकलन  रोकिएको छ ।  देशव्यापी रुपमा भारतीय सिमा नाकाबाट भित्रिएका व्यक्तिहरुको कोरोना संक्रमण पोजेटिभ देखिईरहेको समयमा पाल्पामा भने किट अभावको कारण परिक्षण गर्न छोडिएको हो ।  प्रदेश सरकारले नै लक्षण देखिएका व्यक्तिको मात्र नमुना परिक्षण गर्न अनुरोध गरेपछि भारतबाट जिल्ला भित्रिएका नागरिकहरुको परिक्षण रोकिएको हो । 

            अहिले पाल्पा आईरहेका सयौ नागरिक विना परिक्षण गाउँ गाउँको क्वारेन्टाइनमा पठाईएको छ । शनिवारसम्म पाल्पामा १ हजार ४४ जना भारतीय नाका बाट प्रवेश गरेकोमा २ सय ३५ जना मात्र स्वाव संकलन गरिएको ८ सय ९ जनाको विना परिक्षण क्वारेन्टाइनमा पठाइएको हो  । जिल्लास्तरीय समितिले भारतीय नाकाबाट आएका व्यक्तिको अनिवार्य पिसिआर किट मार्फत स्वाव संकलन गरेको थियो । 

            प्रदेश र केन्द्र सरकार बाट प्राप्त भएको किट सकिएपछि रोकिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो ।  अहिले प्रदेश सरकारबाटै भारतीय नाकाबाट आएका सबै व्यक्तिको परिक्षण नगरी संक्रमणको लक्षण देखिएका व्यक्तिको मात्र परिक्षणको लागि स्वाव संकलन गर्न आदेश  दिएको  प्रजिअ सुवेदीले बताउनुभयो । 

            भारतबाट आएका सबै नागरिकहरुको अनिवार्य परिक्षण नहुने भएपछि क्वारेन्टाइन क्षेत्र वरपरदेखि परिवारसम्म त्रास बढेको छ । भारतबाट आएका शंकास्पद व्यक्तिको परिक्षण नगर्दा समुदायमा भयावह स्थिति आउन सक्ने पालिकाका अध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६