ब्रेकिंग न्युज

युवाको माग, आपतकालीन युवा स्वयंसेवक मंच देखि सुपथ बजार सम्म



लमजुङ  १८ जेष्ठ । लमजुङ जिल्ला राइनस नगरपालिकाका सक्रिय युवाले आज आईतवार ५ बुदे माग पत्र बुझाएका छन् । उनीहरुले राइनस नगरपालिका वडा न ७ स्थित चेपे मस्र्याङ्दी युवा क्लबबाट प्रतिनिधित्व गर्दै उक्त माग पत्र राइनस नगरपालिकाका नगर प्रमुख सिंह बहा थापालाई बुझाएका हुन् । माग पत्रमा आपतकालीन युवा स्वयंसेवक मंच, सुपथ घुम्ती बजार संचालन, खाध सामग्री दान गृह निर्माण तथा कृषि र शिक्षा विकास सम्बन्धि अभियान संचालन ,का लागि माग गरिएको छ । नेपालमा कोराना भाइरसको प्रकोप दिनानुदिन रुपमा बढ्दो क्रममा छ ।

                  विपत्तिको सामाना गर्दै यस महामारीको अन्य सम्भावित समस्याबाट बच्न दीर्घकालीन योजना बनाउनुको साटो नेपाल सरकार लकडाउन बढाउन मै ब्यस्त देखिन्छ । जसले आगामी दिनमा नगरपालिकाभित्र पर्न सक्ने सम्भावित समस्याहरूको आकलन गरि माग पत्र हस्तान्तरण गरेको उनीहरु बताउँछ्न ।  हामीले माग पत्र मात्र होइन, माग सहित योजना पनि हस्तान्तरण गरेका छौं । हाम्रो योजनामा नगरपालिकाको समन्वय र ध्यानाकर्षणको जरुरी छ । राइनस नगरपालिका ले आवश्यक ठानेको खण्डमा हामी चेपे मस्र्याङ्दी युवा क्लब सदैव नगरपालिका सङ्ग समन्वय गरी विपत्तिकि सामना गर्न तयार छौं, प्रमुख प्रस्तावक सुरज गिरि आभासले भने । 

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६