ब्रेकिंग न्युज

भारतवाट आउदै गरेका १२ जनाको मृत्यू,३को अवस्था गंभिर



बाँके, १९ जेठ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।आइतबार मध्यरातमा राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

             प्रहरीका अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अन्य २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो ।भारतबाट फर्किएकाहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर पठाइने गरिएकाले मृतक सबै सल्यानकै हुन सक्ने पूर्व अनुमान गरिएको छ। दुर्घटनामा सवारी चालक समेत गरि जनाको १२ को मृत्यु भएको छ । मृतकमध्ये ११ पुरूष र १ महिला रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६