एजेन्सी, १९ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले ६२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । ५ महिनादेखि फैलिएको विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६३ हजार ६४ जना मानिस संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा १ लाख ८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार भन्दा बढीको मृत्यु भएको छ । वल्डोमिर्टसको तथ्याङ्क अनुसार ३ लाख ७३ हजार ८५८ पुगेको छ ।
३० लाख ४२ हजार ६८३ जनाको उपचार भइरहेकोमा ५३ हजार ४०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५२३ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहान सम्म १ लाख ७३ हजार ७२६ जनाको मृत्यु भएको छ ।
२० लाख १९ हजार ७८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना निको भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३० हजार ७७८ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार ८४८ जना संक्रमित भएका छन् । त्यस्तै ६ लाख ९४ हजार ८८३ जना निको भएका छन् भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी मार अमेरिकामा परेको छ । अमेरिकामा कोरोना भाइरसका कारण १८ लाख ३७ हजार १३७ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख ६ हजार १९५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ भने ५ लाख ९९ हजार ८६७ जना निको भएका छन् । कोरोना भाइरसका कारण अमेरिकामा समेत खाद्य संकट सुरु भएको छ भने करिब ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।
प्रतिक्रिया