बरवा, १९ जेठ । कपिलवस्तु जिल्लामा कूल २३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार आज थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमण मुक्त हुनेमा कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुको भिम अस्पताल भैरहवामा उपचार भैरहेको थियो । यससंगै कपिलवस्तुमा निको हुनेको संख्या २३ पुगेको छ ।
कपिलवस्तु जिल्लामा कोरोना संक्रमण हुनेको संख्या २७० पुगेको छ । जिल्लाका सवै स्थानिय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया