कपिलवस्तु
कपिलवस्तुमा ३९ जना कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वस्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाका अनुसार वुद्धभुमी नगरपालिकामा १० जना , शिवराज नगरपालिकमा २५ जना र महाराजगंज नगरपालिकामा २ जना र वाणगंगा नगरपालिकमा २ जना थप भएका छन । वुद्धभुमी नगरपालिकामा वर्ष १९ देखी ३८ का ८ जना पुरुष , वडा नं. १० का २७ र ४६ वर्षका २ पुरुष रहेका छन । यसैगरी शिवराज नगरपालिकाका वडा नं. ३ का १९ देखी ३० वर्षका ४ पुरुष , वडा नं. २८ देखी ५८ वर्षका ११ पुरुष,वडा नं. ११ का १८ देखी ४७ वर्षका ८ पुरुष रहेका छन । थापाका अनुसार महाराजगंज नगरपालिकामा वडा नं. १ का १९ वर्षिय पुरुष र २ नं. वडाका २६ वर्षका एक पुरुष , वाणगंगा नगरपालिकाका ११ का ३८ र ३१ वर्षका २ महिला रहेका छन । यो संगै जिल्लाका कोरोना संक्रमितको संख्या ३०९ पुगेको छ ।
१९ जेष्ठ २०७७, सोमबार
प्रतिक्रिया