ब्रेकिंग न्युज

लकडाउनमा पनि रोकिएन बलात्कार ,सबैभन्दा बढी प्रदेश ५ मा



काठमाडौँ १९ जेष्ठ । लकडाउनकै अवधिमा गत जेठ १६ मा सुनसरीको धरानमा ३८ वर्षीय बाबुद्वारा आफ्नै छोरी बलात्कृत भइन् । बिहान सात बजेको समयमा बाबुले आफ्नै १४ वर्षीया छोरीलाई सुतिरहेको ठाउँमा ललाइफकाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । लकडाउनको अवधीमा मानसिक विचलनका कारण ती पुरुषले छोरीलाई बलात्कार गरेका थिए । छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीले म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।यस्तै कोरोना भाइरस कोभिड–१९ महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी २० वर्षीया युवतीलाई काठमाडौँ पुर्याइदिने भन्दै धादिङबाट ना ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेको अवस्थामा जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतार थानकोटबाट पक्राउ परे ।

               प्रहरीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा पनि नेपालमा बलात्कारको ग्राफ बढ्दो छ । बलात्कार मात्र नभएर चोरी, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि बढेको पाइएको छ ।चैत ११ देखि जेठ १० गतेसम्ममा बलात्कारका २ सय १४ वटा मुद्धा दर्ता भएका छन् । यो संख्या लकडाउन अघिका दिनकै हाराहारी हो । अर्थात् लकडाउनको अवधीमा पनि बलात्कारको घटना घटेको छैन ।लकडाउन भएपछि बलात्कारको घटना घट्ने अपेक्षा गरिएको थियो । तर, ठीक उल्टो भएको छ । दिनानुदिन झनै बलात्कारको घटना बढ्दै गइरहेको नेपाल प्रहरीको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।प्रदेश ५ मा सबैभन्दा बढी बलात्कारको मुद्दा दर्ता भएको छ ।

                 प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश–५ मा सबैभन्दा धेरै ४६ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी बलात्कार उद्योगको ७ वटा मुद्दा दर्ता भएको छ ।यस्तै प्रदेश १ मा ३७ वटा बलात्कार र १४ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश २ मा ३४ वटा बलात्कार र ७ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यसैगरी प्रदेश तीनमा २८ वटा बलात्कार र १२ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश चारमा १७ वटा बलात्कार र ६ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।त्यस्तै प्रदेश ६ मा १९ वटा बलात्कार र चार वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश सातमा १९ वटा बलात्कार र ५ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।

        लकडाउनका अवधिमा मानिसहरु घरबाट बाहिर ननिस्कने र काममा व्यस्त भइरहनेहरु सब चौबिसै घण्टा घरमा बस्दा चिढचिढा हुने र सानातिना कुरामा छिटो रिसाउने प्रवृत्ति बढ्न अपराधिक घटनाहरु घट्न जाने मनोविश्लेषक बासु आचार्यको दावी छ ।त्यतिमात्र नभइ लकडाउनका अवधिमा मान्छेहरुमा देखिएका मानसिक विचलनका कारण पनि धेरै जसो अकल्पनिय घटनाहरु घटेका देखिएका हुँदा हामी सबैको सामूहिक प्रयासले मात्र समाजमा बढ्दो अपराधिक घटनाहरु न्यूनिकरण गर्न सकिने आचार्यले बताए ।

काठमाडौँ उपत्यकामा पनि घटेन बलात्कारको घटना

         लकडाउन सुरु भएपछि मात्रै काठमाडौँ उपत्यकामा एक दर्जनभन्दा बढी बलात्कारको घटना भएको छ । ११ चैतदेखि लकडाउन शुरु भएपछि उपत्यकामा बलात्कारको संख्या झनै बढेको हो ।लकडाउनमा हालसम्म १४ वटा बलात्कार र २ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उपत्यकामा पनि बलात्कार पुरानै ग्राफमा देखिएको हो ।सामाजिक सञ्जालको बढ्दो प्रयोग तथा इन्टरनेटमा उपलब्ध यौनजन्य सामग्रीका कारण पनि बलात्कार बढिरहेको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाही बताउँछन् ।यता, बलात्कार परिवारभित्र र चिनेजानेकाबाट बढी हुने हुनाले परिवार सचेत हुनुपर्ने पूर्वएआईजी विज्ञानराज शर्मा बताउँछन् । ‘काम छैन, मानिसहरु टोल, छिमेकमा केन्द्रीत छन्, त्यसैले निकटता बढेपछि बलात्कार बढ्ने हो, अहिले भएको त्यहि  हो,’ उनले भने ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६