अन्तर्राष्ट्रिय

भारत कोरोना प्रभावित मुलुकको सूचिमा ७ औँ स्थानमा, ५६ सय बढीको मृत्यु



 एजेन्सी, २० जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना प्रभावित मुलुकको सूचीमा भारत ७ औं नम्बरमा परेको छ । अमेरिका, ब्राजिल, रूस, स्पेन, बेलायत र इटालीपछि भारत संक्रमित धेरै हुने मुलुकको प्रमुख ७ औँ देशमा परेको हो । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो ।

        एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या करिब २ लाख पुग्न लागेको छ । वर्ल्डोमिटर्सको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

        कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन पनि जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । भारतमा केही दिनदेखि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा रहेको ठूलो जनसंख्याको कारण पनि भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको हो ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६