अन्तर्राष्ट्रिय

सेना परिचालन गर्ने ट्रम्पको चेतावनी, अमेरिकामा कर्फ्यूका माझ ७० शहरमा प्रदर्शन



एजेन्सी, २० जेठ ।  अमेरिकामा प्रहरीको यातनाका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यू लगाउँदा समेत व्यापक प्रर्दशनहरु भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल भइरहेको हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् । प्रदर्शनहरु बढ्दै गएपछि  ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् ।

        प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा प्रदर्शन पुगेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना रोकिएका छैनन् । अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । 

        उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारि गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

       सोमबार मे २५ मा एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिने भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा नमानेपछि डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ । फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ। यसअघिकोको परीक्षणमा अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता लागेको थिएन । सरकारी अधिकारीले फ्लोइडको मृत्यु हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य समस्या रहेको बताएका छन् ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६