एजेन्सी, २० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ६३ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४ हजार बढी नयाँ संक्रमित थपिएका छन् । विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ ।
३० लाख ३१ हजार ७५२ जनाको उपचार भइरहेकोमा ५३ हजार ४०३ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ६०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ । २० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना निको भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ३६९ जनाको मृत्यु भएको छ भने १ लाख ५४ हजार ९०७ जना संक्रमित छन् । संक्रमितमध्ये ६५ हजार ९३१ जना निको भएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी मारमा परेको अमेरिकामा १८ लाख ५९ हजार ३२३ जना संक्रमित भएका छन् । त्यस्तै १ लाख ६ हजार ९२५ जनाको ज्यान गएको छ । अमेरिकामा ६ लाख १५ हजार ४१६ जना कोरोना भाइरस मुक्त भएका छन् । अमेरिकामा अहिले ७० सहरमा भएको व्यापक प्रदर्शनका कारण त्यहाँ कोरोना भाइरसको संक्रमण झन् बढ्ने चिन्ता गरिएको छ ।
प्रतिक्रिया