रुकुमपूर्व, २० जेठ । रुकुम पूर्वको भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिकका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् । हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ । थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु अहिलेसम्म पनि घर नफर्केको बुवा पलबहादुरले गुनासो पोख्नुभयो । परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।
२० जेष्ठ २०७७, मंगलबार
प्रतिक्रिया