विचार/ब्लग

संक्रमितलाई छुदैमा लाग्दैन कोरोना , क्वारेन्टीनका संचारकर्मीको कलमवाट



नेपाली समाजमा एउटा उखान छ, ‘बनको बाघले खानु छैन, मनको बाघले खाइसक्यो ।’ हाम्रो मन वास्तवमै कमजोर छ । मन डरपोक छ । त्यही कारण हामी केही नहुँदा पनि भित्रभित्रै डराएर बस्छौं । मनको बाघले जब खान थाल्छ, हामीमा तनाव पैदा हुन थाल्छ । हो यस्तै अहिले कोरोना भाईरसका कारण सबैको मनमा तनाव पैदा भएको छ । कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषय अधिकांशले नबुझदा मनको बाघले खान थालेको छ । 

बिश्व नै कोरोनासंग लडिरहदा नेपालमा पनि ‘कोभिड १९’ अर्थात कोरोनाभाइरसको त्रास छ । स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसबाट जोगिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । सरकारले भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै ‘लकडाउन’ गरेको छ । गलत सूचनाले कोरोना संक्रमण नियन्त्रणमा कठिनाइ हुने भन्दै त्यसतर्फ ध्यान नदिन स्वास्थ्य अधिकारीहरुले अनुरोध समेत गर्दै आएका छन् । तर सबैको हातमा मोबाईल अनि सोसियल मिडियाको बढ्दो प्रयोग त्यसमाथि भ्यूअर्स बढाउन बनाईएका आधिकारीक नभएका अनलाईहरुको बिगबिगीले त्रासमाथि त्रास थपेको छ । अहिले सबैको मनमा यस्तो छ कि कोरोना सक्रमितलाई छुन हुदैन ,उसको नजिक जानु हुदैन भाईरस सर्छ भन्ने छ । 

तर वास्तवमा तपाई संक्रमितको नजिक जादैमा ,उसलाई छुदैमा ,बोल्दैमा कोरोना लाग्ने रहेन छ  । तपाईहरु समक्ष मैले स्वयम आफ्नै अनुभव सुनाउदै छौ । म एक सञ्चारकर्मी , म कार्यरत रहेको सञ्चार गृहमा २ जना सहकर्मी साथीमा कोरोना पुष्टि भयो । जुन सहकर्मी साथी संगै दिनहु ,म संगै एउटै डेस्कमा बसेर समाचार सम्प्रेषण र कार्यक्रम बनाउने गथ्यौं  ,एउटै कम्प्युटर प्रयोग गथ्यौं। कहिले अफिश आउदा जादा एउटै साधनमा आउथ्यौ । म उहाहरु दुबै सत्रंmमितको एकदमै नजिकको कोलोज कन्ट्रायकमा थिए । जब उहाहरुमा कोरोना देखियो तब मेरो मनमा आकाश मडारिदै कालो बादल छायो आफ्नो भन्दा घरपरिबारको चिन्ता लाग्न थाल्यो । दिमागमा अनेकौं अनाश्यक कुराहरु खेलाउन थालें । म मात्र होईन २ जना संक्रमित साथीहरुको कोलोज सम्पर्कमा रहेका हामी सबै कर्मचारीहरु मध्ये ८ जना थियौं । 

        सक्रमित पुष्टि भएका दिनदेखी हामी ८ जना अफिशको क्वारेन्टीनमा बसेर रेडियो टिभि चलाउने निर्णय ब्यस्थापकबाट भयो । क्वारेन्टीनमा खान बस्नको उचित ब्यवस्थापन संगै अब काम के गर्ने कसरी गर्ने, सुरक्षित भएर कसरी बस्ने लगाएतका बिषयबस्तुमाथि ब्यवस्थापक भेषराज पाण्डेले प्रकाश पारिदिनुभयो । हामी संगै सधैब सम्पर्कमा रहेर कर्मचारीहरुको मनोबल उच्च बनाउदै उत्प्ररेणा दिईरहनु भयो । उहा पनि होम क्वारेन्टीनमै बसेर सुचना र हाम्रो ब्यवस्थापन गरि रहनुभयो । क्रमश हाम्रा २ जना संक्रमित साथीहरुलाई आईशेलेशनमा उपचार लागि पठाउदा हामी सबैलाई नरमाईलो भयो । सबैले सोच्न थाल्यौ अब त हामी पनि यसरी क्रमश जाने होला हाइन भनेर । उहाहरु आईशेलेशनमा गएको ५ दिनपछि हाम्रो पिसिआर परिक्षण भयो । ५ दिन कहिले आउला भन्दै प्रतिक्षामा बस्यौ । अफिशको क्वारेन्टीनबाट निरन्तर समाचार र कार्यक्रम पनि उत्पादन गरि रह्यौ ।

     यो बिचमा बुद्ध आवाजप्रति माया स्नेह देखाउनेहरुको पनि उत्तिकै साथ पाईयौ । बिभिन्न राजनैतिक दल ,संघसंस्था ,नागरिक समाजका अगुवा देखी श्रोता दर्शकको माया अत्यन्तै धेरै पाईयो । यसले गर्दा पनि हामीलाई क्वारेन्टीनमा बस्न गाह्रो भएन आफ्नो काममा थप हौसला मिल्दै गयो । कोरोना भाइरस हावाबाट सर्दै छ भन्नेहरु पनि धेरै भेट्यौ जुन हाम्रो नजिक आउने समेत डराउनुहुन्थो । यति मात्र होइन सिंगो गाउनै त्रासमा बाचिरह्यो रिपोर्ट नआउञ्जेसम्म दिनहु फोन र म्यासेजले सताउने गथ्र्यो । हाम्रो परिवारका सदस्यहरुलाई पनि अनाश्यक गाली गलौच गर्ने ,पुलिस रिपोर्ट गर्ने सम्मका गाउका  ठूलाबडा मानिएकाबाट भएको सुन्दा धेरै नै गाह्रो भयो । 

    परिक्षण गरेको ६ दिनपछि हाम्रो टीममा रहेका सबै सहित संचारगृहका सबैको  रिपोर्ट पनि आयो । रिपोर्ट हामी सबैको नेगेटिभ आयो । अनि बल्ल मात्र हामीलाई पनि थाहा भयो की कोरोना संक्रमितलाई छुदैमा कोरोना लाग्दैन । यो त सामान्य रुघाखोकी भन्दा नि सानो रहेछ ।  किनकि रुघा त बरु एकबाट अर्को ब्यक्तिमा सर्छ छिट्टै तर कोरोना यसरी सर्दो रहेन छ ।  हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना बढि हुदो रहेछ भन्ने अनुभवले सिकायो ।  त्यसलै यि कुरामा ध्यान दिनुहोस । आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसँग दूरी कायम गर्ने , उमालेको पानी खाने , भिटामिन सि भएका खानेकुरा खानुहोस कोरोनाबाट बच्न सकिन्छ । 

        कोरोना कसैलाई आत्तिनुपर्ने छिछि र दुर गर्ने कार्य रोक्नुहोस । सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पूनः प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुहोस । धुन मिल्ने भएमा धोएर लगाउनोस । मनका कुनै चिन्न्ता लिने काम नगर्नुहोस । केही लक्षणहरु देखिएमा तथा गाह्रो भएमा अस्पताल जानुहोस । धेरै सूचना लिएर कोरोनाबाट बच्न सकिंदैन । सावधानीले बच्न सकिनछ । धेरै सोसियल  मिडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ । तसर्थ आधारिक सूचना लिने बानी गर्नुहोस । 

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६