काठमाडौं, २० जेठ । धादिङकी एक महिलाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्म दिएकी हुन् ।
चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०ः५४ मिनेटमा पहिलो, १०ः५५ मा दोस्रो र १०ः५६ मा तेस्रो शिशु जन्माएकी हुन्। जन्मका समयमा पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो। तीनै बच्चा स्वस्थ छन्। पहिलो पटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्।
प्रतिक्रिया