ब्रेकिंग न्युज

चट्याङ लागेर दुईजनाको मृत्यु



बुटवल, २० जेठ । रुपन्देहीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । सोमबार जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार वर्षासँगै लागेको चट्याङले जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ केटवलिया की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार दुवै महिला खेतबारीमा कामका लागि गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६