कपिलवस्तु २० जेष्ठ । धनकौलीका किसानको अर्घाखाँचीमा प्रहरीको रोहवरमा नष्ट गरिएको तरकारीको क्षेतीपूर्ति नेपाल सरकारले दिने भएको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको पहलमा कृषि मन्त्री घनश्याम भुसाललाई घटना र त्यसवाट भएको क्षेतीवारे जानकारी गराएपछि मन्त्री भुसालले क्षेतीपूर्ति उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको हो ।
नेकपाका अध्यक्ष पोख्रेलले प्रेसपाटीलाई भन्नु भयो —मन्त्री भुसालले त्यहा भएको क्षेतीको विवरण छिटो पठाउन आग्रह गर्नु भएको छ । विवरण उपलब्ध हुदासाथ मन्त्रालयवाट क्षेतीपूर्ति रकम पठाउछ भन्दै ढुक्क रहन आग्रह गरेको पोख्रेलले प्रष्टयाउनु भयो ।
यता अध्यक्ष पोख्रेलले अर्घाखाँचीमा जे जस्तो घटना भएको अत्यन्तै निन्दनीय भयो भन्दै यस्तो काम राज्यका जिम्मेवार निकायवाट भएकोले उनीहरु माथि समेत छानविन हुनुपर्ने स्पष्ट पार्नु भयो । पोखरेलले भन्नु भयो—धनकौलीका किसान कपिलवस्तु रुपन्देही र अर्घाखाँचीका लागि ताजा तरकारी उपलब्ध गराउने तरकारी दाता हुन् । उनीहरुलाई राज्यले उच्च प्रोत्साहन गर्नु पर्नेमा निरुत्साहीत हुने काम भयो त्यसैले मैले मन्त्रीसंग जसरी पनि राज्यले क्षेतिपूर्ति दिनुपर्छ र घटनाको छानविन गरि दोषिमाथि कारवाही हुनुपर्छ भनेर मन्त्री भुसालको गंभिर ध्यानाकर्षण गराएको छ अध्यक्ष पोख्रेलले प्रेसपाटीसंग भन्नु भयो ।
यता मन्त्री भुसालले उक्त घटना अकल्पनीय र दुखद भएको सामाजिक मिडियावाट प्रतिकृया जनाई सक्नु भएको छ । उहाले स्वदेशी किसानको उत्पादन डम्पीङ साइटमा लगेर फाल्ने वाह्य वजारवाट आयातीत तरकारी र फलफूल बेरोकटोक उपभोग गर्ने कामले नेपालको हित नगर्ने प्रष्टयाउनु भएको छ । यता कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द प्रसाद भारीले अर्घाखाँचीमा भएको घटनाले गंभिर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना अविलम्व रोक्न आग्रह गर्नु भएको छ । उहाले सो घटनाको छानविन हुने समेत बिज्ञप्ती मार्फत प्रष्ट पार्नु भएको छ ।
प्रतिक्रिया