काठमाडौं, २१ जेठ । अरब सागरमा बनेको निसर्ग चक्रवातको प्रभावले नेपालमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाका अनुसार निसर्ग चक्रवातसहित पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश र ५ नंं प्रदेशका केही स्थानमा सामान्य बदली रही उक्त क्षेत्रका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।
नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म रहने भएकाले सावनधानी अपनाउन मौषम विभागले अनरोध गरेको छ ।
प्रतिक्रिया