अर्थ-वाणिज्य

सहायक वन अधिकृतद्वय घुससहित रङ्गेहात पक्राउ



ताप्लेजुङ, २१ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतहरुलाई पक्राउ गरेको छ । अख्तियारले डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । 

        अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु एक÷एक लाख घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।  अधिकृतद्वयले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६