लुम्बिनी

चिकित्सको निःशुल्क सेवा टेलिभिजन सुविधासहितको आइसोलेसन



परासी, २१ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले टेलिभिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा रहेको बाल सिकाई केन्द्रको भवनमा अत्यन्तै कम लगानीमा २५ बेडको आइसोलेसन निर्माण गरिएको नगर प्रमुख भीम बहादुर थापाले बताए ।  आर्थिक बोझ कम गर्न नगरपालिकाले सहयोगी दाताबाट बेड सहयोग मागेको हो । 

        आइसोलेसनमा रहेका सबै बेड बुटवलको एक स्वास्थ्य संस्थाले सहयोग स्वरुप उपलब्ध गराएको हो । बेड मात्र नगरपालिकाले खरिद गरेको हो । आइसोलेसन निर्माण गर्न १ लाख ३१ हजार मात्र लागेको छ ।   आइसोलेसनमा प्रोटिन लगायतका नेपाल सरकारले उपलब्ध गराएका अन्य औषधिको व्यवस्था गरिएको छ । मनोरञ्जनका लागि टेलिभिजन र वाईफाईको व्यवस्था गरिएको छ । 

        आइसोलेसनमा नगरपालिकाका स्वास्थ्यकर्मी र अन्य १९ जना भोलेन्टिएर चिकित्सकहरुले निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको नगर प्रमुख थापाले बताउनु भयो । उनीहरु अहिले रुपन्देहीका अस्पतालमा भोलेन्टियर गर्दै आएका हुन ।    प्रदेश सरकारले हरेक स्थानीय तहलाई आइसोलेसन निर्माण गर्न निर्देशन अन्य स्थानीय तहले अहिलेसम्म निर्माण गर्न सकेका छैनन् ।  जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । अहिलेसम्म ६ जना संक्रमित भएका छन् । 

        तीनजना उपचारपछि घर फर्केका छन् । भारतबाट आउनेको संख्या बढ्दै जानु र संक्रमितहरु फेला पर्न थालेपनि अन्य स्थानीय तहहरु भने आइसोलेसन निर्माणमा उदासिन छन् । आइसोलेसन नहुँदा जिल्लामा देखा परेका संक्रमितहरुलाई भैरहवा र बुटवल पठाउनु पर्ने बाध्यता छ । यता पाल्पामा कोरोेना संक्रमणको संख्या ५ पुगेको छ । मंगलवारसम्म मात्र पाल्पामा थप दुईजनामा कोरोना सक्रमण देखिएको हो । पाल्पामा हिजो मात्र ३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा सोमबार निस्दी गाउँपालिका वडा नंं २ का २ जना  १७ र ३६ बर्ष उमेरका पुुरुषमा कोरोना पुष्टि भएको हो । 

        दुवैजना एकहप्ता अघि  भारतबाट पाल्पा आएका थिए ।  सँक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनु भयो । दुवै संक्रमित गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका छन । दुबै संक्रमितलाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भएको र दुबैजनाको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा अन्य व्यक्तिहरुको खोजी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो । 

        पाल्पामा आइतबार मात्र  रैनादेबी छहराका २ र माथागढी गाउँपालिकाका १ गरि ३ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित तीनजनालाई तानसेनको आइसोलेसनमा ल्याई थप उपचार भईरहेको हाल उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६