लुम्बिनी

बुटवलमा लकडाउन खुकुलो बनाउन दवाव



बुटवल, २१ जेठ । लामो समयदेखिको लकडाउन खोल्न सरकारलाई दवाव परिरहेको बेला यहाँ लकडाउनको मोडालिटीका विषयमा छलफल सुरु भएको छ । बुटवल पमहानगरपालिकासहितका नगरपालिकाहरुले अहिलेको लकडाउनको मोडलका विषयमा छलफल सुरु गरेका हुन । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा बुधवार भएको छलफलमा लामो सयमको लकडाउनले सवै क्षेत्रलाई प्रभाव परेको ठहर गर्दै यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको छ । छलफलमा जनप्रतिनिधि, प्रहरी, प्रशासन, व्यवसायिक संघ संस्था तथा प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहेको थियो । 

        बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीेले लकडाउनको बेला सुरक्षाको उपायसहित अत्यावश्यक कामलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । सो अवसरमा लकडाउनको विद्यमान मोडल र अर्को वैकल्पिक उपायका बारेमा छलफल भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । 

        त्यस अवसरमा क्वारेन्टिनमा रहेकाहरुको संक्रमणको अवस्था यकिन गर्न परिक्षणको दायरा बढाउँदै लैजाने, कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने र क्वारेन्टिन र आइसोलेशन विस्तार गर्नेलगायतका विषयमा छलफल भएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पालिकास्तरमा सञ्चालित क्वारेन्टिनलाई थप व्यवस्थित गर्ने र संयुक्त आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा पनि छलफल भएको बताउनु भयो । 

        त्यसैगरी सिमावर्ती पालिकाहरुको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, क्वारेन्टिन सञ्चालित रहेको क्षेत्रमा समुदायलाई विश्वस्त तुल्याउँदै संक्रमितको मनोबल बढाउने थप प्रभावकारी उपायका बारेमा पनि छलफल भएको बताइएको छ । त्यस अवसरमा अत्यावश्यक सेवा प्रवाहका क्षेत्र तथा प्रतिष्ठानलाई खुला राख्ने समय एउटै वनाउने, भीडभाड कम गर्ने उपाय खोज्ने, समुदायमा सचेतनाका कार्यक्रमहरु प्रचार प्रसार गर्ने विषयमा पालिकाहरुका बीचमा सहमति भएको छ । 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६