अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ६५ लाख ६७ हजार बढी संक्रमित, ३ लाख ८७ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २२ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले विहीबार विहान समाचार तयार पार्दासम्म ६५ लाख ६७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वभर ६५ लाख ६७ हजार ५८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ४२९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ९०० पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

         कोरोना भाइरस पुष्टि भएका ३० लाख १४ हजार ९०५ जनाको उपचार भइरहेको छ । विश्वभर ५४ हजार २०१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै ३१ लाख ६४ हजार २५३ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ । २० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना निको भएका छन् ।

         एसियाली मुलुकहरुमा ३२ हजार ४६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ६२७ जनाको ज्यान गएको छ भने १ लाख ६४ हजार ९८५ जना संक्रमित छन् । संक्रमितमध्ये ७२ हजार ३८० जना निको भएका छन् ।

        विश्वमा सबैभन्दा बढी कोरोना भाइरसको प्रभाव परेको अमेरिकामा १९ लाख १ हजार ७८३ जना संक्रमित भएका छन् । त्यहाँ १ लाख ९ हजार १४२ जनाको मृत्यु भइसकेको छ । ६ लाख ८८ हजार ६७० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । अमेरिकामा प्रहरीले एक जना काला व्यक्तिको हत्या गरेपछि त्यहाँ भएका प्रदर्शनहरुले पनि संक्रमितहरु  बढेको बताइएको छ । अमेरिकामा कोरोना भाइरसकै कारण ४ करोड मानिसहरु बेरोजगार भएका छन् । 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६