लुम्बिनी

बालिकाको पन्थ पछ्याउ, बाणगंगा अब पनि नजागे कहिले जाग्ने !



बरवा, २२ जेठ । ‘एक थुकी सुकी, सय थुकी नदी’ भने झैं दिनकै १००/५० रुपैया मात्र जम्मा गर्दा पनि भविष्यका लागि ठूलो रकमको जोहो गर्न सकिन्छ । यसबाट आफ्नो परिवारको मात्रै नभई ठूलै उद्यम वा व्यवसाय नै सञ्चालन गरी सक्षम बन्न सकिन्छ । कपिलवस्तु बाणगंगाका लागि त्यस्तै कार्यको सुरुवात गरिदिएकी छिन् बुटवल–९ की कक्षा २ मा पढ्ने अग्रिमा अधिकारीले । बालिका अधिकारीले आफूले नखाँइ नखाई बचाएको भुड्कीको रकम सहित पिपरा अस्पताललाई विशेष अस्पताल निर्माणका लागि भनेर  ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेललाई हस्तान्तरण गरी उक्त कार्यको सुरुवात गरिदिएकी छिन् ।  

        बालिकाको उक्त विशेष कार्यको प्रंसशा गर्दै प्रदेश नं. ५ का प्रदेश सांसद विष्णु पन्थी फेसबुकमा लेख्नुहुन्छ– जेलबाट भागेर भारत पुगेका गणेश मान सिंहले बीपी कोइरालासँग भेट हँुदा “क्रान्ति गरौं पैसा मसँग छ “भनेको र आफूसंग पैसा भएको कुरालाई गर्व साथ पटकपटक दोहो¥याए पछि वीपीलाई पनि ऊनीसंग कति रहेछ भन्ने जान्न उत्सुकता जागेछ । अनि सोधपुछ गरे पछि थाहा भयो गणेशमान जि संग रु ८००० कम्पनी भएको र त्यो एक वर्ष देखि कपडामा पोको पारी कम्मरमा बाधेर डुलिरहेका रहेछ्न । गणेशमानलाई देखेर उनको कुरा सुनेर वीपीलाई थप उर्जा प्राप्त भए जस्तै यी सानी नानीको कामले हामीलाई पनि ठूलो उर्जा प्राप्त भएको छ । बुटवल–९ बस्ने कक्षा दुई पढ्ने यी सानी अग्रीमा अधिकारीले पिपरा विशेष अस्पताल बनाउन आफ्नो बचत (भुड्की) माननीय मुख्य मन्त्रीलाई दिएकिछ्न । यो घटनाले हामीलाई धेरै ठुलो उर्जा प्राप्त भएको छ । यो काम गर्न उनले सोसलमा पढेर बुझेकी रहिछन् उनले किताबबाट बुझेको जस्तो हामीले उनको यो काम देखेर बुझ्यौ भने कोरोना जितिन्छ । माननीय मुख्य मन्त्रीले भुडकी पिपरा अस्पताल बुझाउन मलाई हस्तान्तरण गर्नुभएको छ । खुशी र आनन्दको यो सुखद अवसरमा अग्रीमा लाई सधै अगाडि रहन अग्रिम शुभकामना सहित धेरै धेरै धन्यवाद । सचेत बनौं दुरी कायम गरौ । 

        विगतदेखि नै बाणगंगा क्षेत्रको प्रतिनिधित्व केन्द्रीय राजनीतिमा पनि रहेको छ । पंचायत कालदेखि नै राजनीति गर्दै आउनु भएका पूर्व मन्त्री तथा राजदूत दीपकुमार उपाध्याय, माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका डेपुटी कमाण्डर एवम् पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल बलदेव, प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमान, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रदेश सांसद विष्णु पन्थी लगायतका नेताहरु पिपरा अस्पताललाई विशेष अस्पताल निर्माणका लागि एकजुट हुनैपर्छ ।  

        बालिकाले रामायणकालीन इतिहास बोकेको बाणगंगा क्षेत्रको स्वास्थ्यका लागि गरेको योगदान प्रंसशनीय छ । बालिकाले पिपरा विशेष अस्पताल बनाउन दिएको भुड्कीमा कति पैसा छ ?  कसरी अस्पताल बन्छ भनेर प्रश्न गर्नु उचित हुँदै होइन । त्यसैले अब कपिलवस्तुको बाणगंगा जाग्दै बालिकाको पन्थ पछ्याउन आवश्यक छ । कक्षा २ मा पढ्ने बालिकाले सामाजिक विषयमा पढेर यत्रो ठूलो सहयोग गर्न सक्छिन् भने हामी बाणगंगा वासीले किन नसक्ने किन नगर्ने ? ती अबोध बालिकाले दिएको भुड्की सहितको रकम त्यसै खेर गएर पिपरा विशेष अस्पताल निर्माणको सुरुवात हुन सकेन भने बाणगंगावासीको लागि त्यो भन्दा लाजमर्दो कुरा केही हुने छैन । 


        बाणगंगा नगर अब नजागे कहिले जाग्ने ? हामीले नगरे कस्ले गर्ने भनेझैं बाणगंगावासी एकजुट भएर पिपरा अस्पताललाई विशेष अस्पताल निर्माणका लागि लाग्नु जरुरी छ । पिपरा विशेष अस्पताल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारका साथै कपिलवस्तु जिल्लामै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुनेछ । समचार तयार पार्दासम्म कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ । कपिलवस्तु देशमै सबैभन्दा धेरै कोरोना पोजेटिभ हुने जिल्ला बनेको छ यसले गर्दा पनि कपिलवस्तु वासी थप सचेत र सजग बन्दै हातमा हाँत काँधमा काँध मिलाएर जिल्ल्लाका विभिन्न स्थानमा अस्पतालहरु निर्माणको लागि एकजुट हुनैपर्छ ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६