गुल्मी, २२ जेठ । जिल्लामा कार्यरत २५ सञ्चारकर्मीलाई आज पिपिई प्रदान गरिएको छ । नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले सहयोग गरेको व्यक्तिगत सुरक्षात्मक उपकरण नेपाल प्रेस युनियन गुल्मीको संयोजनमा काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले आज नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्नुभयो ।
महासंघका अध्यक्ष नवराज भुसालले अग्रभागमा रहेर समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारलाई पिपिई वितरण गरिने जानकारी दिनुभयो । बढ्दो कोरोना त्रासका कारण जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पत्रकारहरुर्ला पिपिई प्रदान गरिएको बताइएको छ ।
प्रतिक्रिया