अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ६६ लाख ९७ हजार बढी संक्रमित, ३ लाख ९३ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २३ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको काराण ६६ लाख ९७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर ६६ लाख ९७ हजार ७६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३० हजार बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ५०० बढीको मृत्यु हुँदा मृत्यु हुनेको संख्या शुक्रबार विहानसम्म ३ लाख ९३ हजार १२७ पुगेको छ ।

        ३० लाख ६० हजार २१३ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६० जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै ३२ लाख ४४ हजार ४२३ जनाले कोरोना भाइरस जितेका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ७७ हजार ८८ जनाको मृत्यु भएको छ । २० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जनाले कोरोना जितेका छन् । 

        उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३१ हजार १४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ७५ हजार ६९१ पुगेको छ । त्यसमध्ये ८ लाख ६४ हजार ९९९ जनाले कोरोना जितेका छन् ।  यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ५८ जनाको मृत्यु भएको छ । १२ लाख ६० हजार १ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ४८८ जनाले कोरोना जितेका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ७८३ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार १८३ जना संक्रमित छन् । संक्रमितमध्ये ७५ हजार ८३० जनाले कोरोना जितेका छन् । 

        विश्वमा सबैभन्दा बढी मार परेको अमेरिकामा १९ लाख २४ हजार ५१ जना संक्रमित भएका छन् भने १ लाख १० हजार १७३ जनाको ज्यान गएको छ । त्यस्तै ७ लाख १२ हजार २५२ जनाले कोरोना भाइरस जितको छन् । अमेरिकामा एक हप्तादेखि हुँदै आएको विशाल प्रदर्शनहरुका कारण पति त्यहाँ संक्रमण बढ्दै गएको छ । अमेरिकामा करिब ४ करोड बढी मानिसहरु बेरोजगार भएका छन् ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६