प्रदेश

निजी विद्यालयका संचालक असार १ देखि विद्यार्थी भर्ना गर्ने तयारीमा



काठमाडौं,  २३ जेठ । निजी विद्यालयका संचालकहरुले असार १ गतेदेखि विद्यार्थी भर्ना गर्ने तयारी सुरु गरेका छन् । प्याब्सन, एन प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाहरुको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना गर्ने तयारी थालेका हुन् ।  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु गर्ने बताएका हुन् ।

        उच्चस्तरीय समन्वय समितिले लकडाउनका मोडालिटी परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई पनि खुकुलो तुल्याउन के विकल्प हुन सक्छ भनेर शिक्षा क्षेत्रका सरोकारवालासँग राय–सुझाव मागेको थियो ।  समितिले लिखितै सुझाव मागेकाले आज प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्ने बताइएको छ । 

         छलफलमा सहभागी प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले असार १ बाट विद्यार्थी भर्नाका विषयमा सहजीकरण गर्नुपर्ने माग राखेको बताउनुभयो । प्याब्सन पदाधिकारीहरुले सरकारले तत्कालै अनलाइन कक्षा सुरु गर्न ताकेता गरेको बताउँदै त्यसको कार्यविधि पनि स्पष्ट पार्न आग्रह गरेका छन् । कोरोनाको विश्वव्यापी प्रकोप न्यून नभएसम्म र सरकारले पठनपाठन सुरु गर्न निर्देशन नदिँदासम्म विद्यार्थी विद्यालय गएर अध्ययन गर्ने  अवस्था छैन 

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६