लुम्बिनी

भारतबाट आउनेलाई जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण शुरु



बाँके २३ जेष्ठ। बाँके युनेस्को क्लबले भारतबाट नेपाल आउनेहरुलाई  जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरेको छ । भारतबाट स्वदेश फर्किने ३० हजार जनालाई सो खाना पाानी र मास्क वितरण गर्ने लक्ष्य राखेर वितरण कार्य शुरु गरिएको जानकारी बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले दिनुभयो । उहाँले भारतबाट फर्किनेहरु भोकै प्यासै र मास्क समेत नलगाएर फर्किने गरेकोले उनिहरुलाई सहज होस भनेर प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा खाना, पानी र मास्क वितरण शुरु गरिएको बताउनु भयो ।विहिबार विहान नेपाल भारत नाका जमुनाहामा सो वितरण कार्यको शुभारम्भ प्रदेशसभाका सभासद कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमुख एसपी विर बहादुर ओली र शसस्त्र प्रहरीका एसपी दिपक अधिकारी लगायतले भारतबाट आउनेहरुलाई खाना पानी र मास्क वितरण गरेर गर्नु भयो ।

         सो अवसरमा प्रदेशसभाका सांसद केसीले भारतबाट आउनेहरुलाई मानवीय सहयोग गरेर निकै उत्कृष्ट काम गरिएको बताउँदै नेपाल फर्किनेहरुको राम्रो व्यवस्थापनबाटै कोरानोलाई पराजित गर्न सकिने बताउनु भयो ।यस्तै सोही अवसरमा नेपाली सेनाका कर्णेल थापाले भारतबाट आउनेहरुका लागि जमुनाहा नाकामा गरिएको व्यवस्था बारे बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।सोही प्रकारले प्लान इनटरनेसनल नेपालको नेपालगन्ज एरिया अफिसको एरिया म्यानेजर मिना पराजुलीले भारतबाट फर्किनेहरुको दुख र पिडालाई मनन् गरेर केही हदसम्म भएपनि राहात मिलोस भनेर यो वितरण शुरु गर्न आर्थिक सहयोग गरिएको बताउनु भयो ।अहिले दैनिक सो नाकाबाट दुई हजारको हाराहारीमा नेपालीहरु प्रवेश गरिरहेका छन् । उनिहरुलाई नाकाबाटै सिधै गाडीमा हालेर सम्बन्धित जिल्ला र पालिकाहरुसम्म पुरयाउने व्यवस्थापन मिलाईएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६