ब्रेकिंग न्युज

सोती घटनाको छानबिन गर्न बन्ने भयो संसदीय विशेष समिति



काठमाडौं २३ जेष्ठ  । रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।सभामुख अग्‍नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय समिति नबनाइएको भन्दै समिति गठन नभए बैठक चल्न नदिने चेतावन दिएकी थिइन् ।

          सोती घटनामा छानबिन गर्ने कुरामा संसदलाई विश्वास नभएको भन्दै उनले संसदबाटै सर्वदलीय संसदीय गठन गर्न माग गरेकी थिइन् ।पोस्टमार्टमको रिपोर्टले ६ युवाको हत्या भएको देखिएको भन्दै रुकुम पश्चिममा भएको घटना सामूहिक ढंगबाट गरिएको नरसंहार भएको उनले बताइन् ।  घटनालाई प्रभावित बनाउने गरी गृहमन्त्री रामबहादुर थापा र महान्यायाधिवक्ता अग्‍निप्रसाद खरेलको अभिव्यक्ति आएको भन्दै सचेतक भुसालले आपत्ति पनि जनाइन् ।यो घटनामा मानवताविरुद्धकोअपराध भएको भन्दै अपराधीलाई राजनीतिक ढाकछोप आफूहरुलाई स्वीकार्य नभएको उनले बताइन् ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६