अन्तर्वार्ता

आदेश र उर्दीको कमी छैन ,सहकार्य नाम मात्रको छ : मेयर अधिकारी



स्थानीय सरकारलाई जनताको सबभन्दा नजिकको घरदैलोको सरकार रुपमा हेरिएको छ ।  स्थानीय सरकारप्रति जनताका आशा, अपेक्षा, चाहना तथा महत्वाकांक्षा चुलिएका छन । कोरोना भाइरसको विश्वव्यापी माहामारीसँगै यसको रोकथाम, नियन्त्रण, उपचार र राहत समेतकालागि संघ र प्रदेशमा जस्तै गरी स्थानीय तहमा पनि विभिन्न संरचनागत व्यवस्था र  कोषहरुको स्थापना गरी कामहरु अगाडि बढिरहेको छ । नेपालमा दिनप्रदिन जोखिम बढ्दै गईरहेको सन्दर्भमा स्थानिय तहमा बनाईएका क्वारेन्टीन अपुग हुन थालेको छन । यसले गर्दा बिभिन्न खालका चुनौती स्थानिय तहमा देखा पर्न थालेका छन । यसैसन्दर्भमा हामी अर्घाखाँचीका ६ पालिका मध्ये नेपालकै सबैभन्दा भौगोलिक हिसाबले ठूलो सितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीसंग यस बिषम परिस्थितीमा आईपरेका चुनौती के छन ? क्वारेन्टीनको अवस्था कस्तो , अहिलेसम्मका प्रयायहरु के कस्ता छन  ? माथिल्ला दुई तहका सरकारको समन्वय र सहकार्य कस्तो छ ? भन्ने बिषयमा प्रेसपार्टीका लागि पत्रकार विकास थापाले गरेको  अनलाईन वार्ता । 

प्रश्न : कोरोना भाईरस नियन्त्रणकालागि तयारी र योजनाको कार्यान्वयन के कस्तो छ अहिलेसम्म ?

मेयर : जब नेपालमा कोरोना भाईरस प्रबेस ग¥यो तब बिभिन्न खालका रणनिति उपयाहरु अपनाउदै काम गरिरहेको छौ । स्थानिय स्तरमा कोरोना सचेतनाका बिषमा नागरिकलाई सुसुचित गराउने अभियान संगै गाउगाउमा सुचना सन्देश पनि दियौं । नगर स्तरीय विपत व्यवस्थापन समितिमा पटकपटक कोरोना भाईरसको रोकथाम र नियन्त्रण लगाएतको विषय छलफल गर्दै आएका छौ । तिनै छलफलबाट उठेका योजनालाई कार्यान्वयन गर्दै अहिले लगेका छौ । सितगंगाका नगरको प्रबेशद्धारमा हेल्प डेक्स स्थापना गरि स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मीलाई खटाएका थियौ । अहिले पनि डेस्कमा ६ जना सुरक्षाकर्मी निरन्तर रुपमा खट्नुभएको छ । अहिलेका दिनहरुमा तयारी सन्तोषजनक रुपमा अघि बढेको छ । 

प्रश्न : सितगंगामा अहिले क्वारेन्टाईनको अवस्था के छ ? भौतिक पूर्वाधार, महिला, बालबालिका, अपाङ्गमैत्री छ कि छैन ?

मेयर : कोरोनाको रोकथाम र नियन्त्रणको लागि बाहिरि मुलुक र छिमेकी देश भारतबाट आउने जारी छ । शुक्रबार बिहान सम्ममा १ हजार बढि भारतबाट नगरपालिकामा आएको तथ्यांक छ । दिनप्रतिदिन क्वारेन्टाईनमा थपिनेको संख्या बढ्दै छ । यसले गर्दा समस्या त भएको छ तर पनि नगरपालिकाले ६० वटा बिभिन्न स्थानमा क्वारेन्टाईन निर्माण गरि खाना बस्न, पिउने पानी ,शौचालय लगाएतको उचित ब्यवस्थापन गरि रहेको छ । दैनिक रुपमा क्वारेन्टाईनको अनगुमन डाक्टर सहित जनप्रतिनिधिका टोली निस्कने गरेको छ । अहिलेसम्म ४० भन्दा धेरै क्वारेन्टीको अनगुमन स्वयम म आफैले गरिसकेको छौ । नगरबासीको गुनासो सुन्दै उहाहरुका समस्यालाई सम्बोधन गर्ने कोशिश पनि गरेको छौ । प्रत्येक क्वारेन्टीनमा स्वास्थ्यकर्मी पनि खटाएका छौ। क्वारेन्टाईनको व्यवस्थापन सरकारी विद्यालयहरुमा भएकोले विद्यालयहरु महिला,बालबालिका,अपाङ्गमैत्री छन ।

प्रश्न : बिदेशवाट आउनेकालागि वनाइएका क्वारेण्टाइन ब्यवस्थीत नहुदा संक्रमण बढ्दोछ । यस्तो अवस्थामा क्वारेन्टाइनको अवस्था सुधार गर्ने, स्वास्थ्य सामाग्री, सुरक्षा प्रबन्ध कस्तो छ ? 

मेयर : नेपाल भित्रकै अन्य ठाउँहरुबाट नगबासीहरु आफ्नो घरमा आउने र भारतबाट आउने क्रम जारी छ । तिनिहरु नगरमा आउँदै गर्दा संक्रमितहरुको संख्यापनि बढ्दैजाने लगभग निश्चितता थियो र छ पनि  । यो समयमा नगरमा रहनुभएका स्वास्थ्कर्मी दिनरात भोकभोकै बसेर पनि जनताको सेवा गरिरहनुभएको छ । उहालाई म हृदय देखी धन्यावाद दिन्छु । उहाहरुका लागि हामीले केन्द्र सरकारले भनेअनुरुप नै प्रात्साहन भत्ता दिदै आएका छौं । स्वास्थ्य सामग्री केही केन्द्र सरकारबाट आएका थिए भने किट भने अभाब नै छ । क्वारेन्टाइन  क्रमश सुधार गर्दै गएका छौ ।

प्रश्न : नागरिक स्तरवाट  र आमसञ्चार माध्यमवाट के कस्तो सहकार्य  पाउनु भएको छ ? अरु अपेक्षा के छ ? 

मेयर : दुखका कुरा भन्नुपर्छ यो बेला नागरिक समाज र आमसञ्चार माध्यमसँग नाम मात्रको सहकार्य रहेको छ । कोरोनो त्रासमा घरबाट बाहिर निस्कन समेत डराउहुन्छ । उहाहरुसंग राम्रो समन्वय हुन सकेको छैन । जसले गर्दा पनि केही रोकथाम र नियन्त्रणको प्रयासमा समस्या छ । नगरपालिकाले गरेका गतिविधिहरुमा यस्ता संघसंस्थाको सहकार्यको लागि निरन्तरता हाम्रो अपेक्षा भने रहेको छ । 

प्रश्न :यो महामारीको समयमा नगरमा रहनुभएका कति बिपन्न परिबारको साहारा वा अभिभावक  बन्नुभयो ?

हामीले करिब नगरपालिकामा रहनुभएका अति बिपन्न घरिपरिबारका कबिर १४ जनालाई राहत बाडेका छौ । अझै पनि कतै राहत चाहिएको नाम आएमा सहयोग गरिरहेका छौ । संगै नगरमा रहनुभएका बेरोजगारहरुलाई स्थानिय स्तरका बिभिन्न काममा खटाउदै रोजगारी दिएका छौ । बिद्यालयका भवन निर्माण , नाली,सडक लगाएतका क्षेत्रमा उहाहरुलाई खटाएका छौ । मासिक क्वारेन्टाईनको सुधार ,खान बस्नको ब्यवस्थापनमा मासिक लाखौ खर्च भैरहेको छ । 

प्रश्न : स्थानीय तहले अति विपन्न अपांगता भएका ,ज्येष्ठनागरिक, गर्भवती महिलाहरु  र बालबालिकाको समय सापेक्ष उपचार  सेवा कसरी सुनिश्चित गरेको छ ?

मेयर : विपन्न व्यक्तिहरुको समस्या पहिचान गरि राहत वितरण, अपांगता भएका व्यक्तिहरुको विवरण र अवस्थाहरुको जानकारी लिईएको छ  । जसबाट समस्याको पहिचान र तत्काल गर्नुपर्ने आवश्यक कार्यहरुको पहिचान भएको छ त्यसैगरि जेष्ठनागरिक र गर्भवति महिलाहरुको तत्कालको आवश्यकतालाई मध्येनजर गर्दै स्वास्थ्यकर्मीहरु मार्फत परामर्श लगाएतको कार्य भएको छ  । ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छौ । 

प्रश्न :  प्रदेश र केन्द्र सरकारबाट के कस्तो सहयो पाउनुभएको छ  ?

मेयर :नगरपालिकालाई प्रदेश सरकारबाट कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्न १५ लाख सहयोग गरेको थियो । भने केन्द्रबाट स्वास्थ्य सामग्रीहरु सहयोग भएको छ । यस्तो विपदका बेला संघिय सरकार र केन्द्र सरकारले सबै काम स्थानीय तहवाट मात्रै हुन्छन् वा गर्न सक्छन् भनेर बस्नु हुदैन । साच्चै भन्ने हो भने संघिय सरकारले निर्देशन र आदेशमात्र  दिन्छ प्रदेशले उर्दी जारी गर्छ । खट्ने भनेकै स्थानीय सरकार हो । संघियताको मर्म बल्ल जनताले बुझेका छन् । यदी स्थानीय सरकार यति खट्दैनथे भने संघिय सरकार र प्रदेश सरकार राम्रो संग बदनाम हुने र ठूलो जोखिम बढ्ने निश्चित थियो । 

प्रश्न : विद्यमान चुनौती के छन ? सामना  वा समाधान कसरी गर्न सकिन्छ ? 

मेयर : भौगोलिक हिसाबले पनि नगरका केही वडा दुर्गम भएकोले यो बिषम परिस्थितीमा धेरै चुनौती छन । भारतबाट आउने पनि क्रम जारी छ एक वडाबाट अर्को वडामा पुग्न एकदिन लाग्ने स्थिती पनि छ । समयमै उहाहरुको ब्यवस्थापनमा समस्या छ । गाउमा कोरोनाको अनावश्यक भ्रम फैलिदा सोचेअनुरुपको काम हुन भने सकेको छैन । किट अभाब हुदा समयमै परिक्षण हुदन त्यसपछि क्वारेन्टीनमा बस्नेहरुको गुनासो आउन थाल्छ । नागरिकबाट समयमै स्वास्थ्य परिक्षणपछि घरमा जान पाउनुपर्ने माग बढिरहेको छ । यस्ता कठिनाईहरुलाई हामिले वडा तथा समुदायको सहकार्यमा समाधान गर्दै जाने प्रयासमा छौं । 


प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६