प्रदेश

कोरोना संक्रमणमा देशकै टप कपिलवस्तुमा जोखिम भने कम



कपिलवस्तु २४ जेठ । कोरोना संक्रमणमा देशकै पहिलो नम्वरमा कपिलवस्तु जिल्ला रहेको छ । जिल्लाका १० स्थानिय तहमा कोरोना संक्रमण देखिएको छ । संख्याको हिसावले कपिलवस्तुमा धेरै देखिए पनि जोखिम भने कम रहेको छ । शनिवार विहान सम्म जिल्लामा ४८४ संक्रमित रहेका छन । जस मध्ये ४६६ क्वारेन्टाइनमा वसेका हुन । ति सवै भारतबाट आएका हुन । संक्रमणको दर हेर्ने हो भने ९६ प्रतिशत क्वारेन्टाईन भित्र देखिएको छ । 

४ प्रतिशत मात्र क्वारेण्टाइ वाहिर : 

    कपिलवस्तुमा समुदायमा संक्रमण फैलिएको छैन । केही घटना समुदायमा आए पनि बिस्तार भएको छैन । क्वारेन्टाईन देखी वाहिर १८ जनामा संक्रमण देखिएको छ । जस मध्ये १६ जना कोरोनाको अभियान खटिएका मध्येका हुन । कोरोना जोखिम कम गर्न खटिएका ५ सुरक्षाकर्मी, २ स्वास्थ्यकर्मी र २ कर्मचारीमा कोरोना संक्रमण भएको थियो । यसै गरी समाचार संकलनका क्रममा खटिएका ४ पत्रकारमा समेत कोरोना संक्रमण भएको थियो । कपिलवस्तुको समुदायमा ४ जनामा मात्र कोरोना देखिएको थियो । बाणगंगा नगरपालिकाका २ वालिका र जिल्लाका एक पत्रकारको सम्पर्कमा आएका २ जनामा कोरोना संक्रमण भेटिएको हो । 

मुम्वईबाट आएकामा वढी संक्रमण :

कपिलवस्तुमा संक्रमति हुने धेरै जसो मुम्वईबाट आएका कामदार हुन । भारतमा लकडाउन खुकुलो भए पछि उनीहरु नेपाल आएका थिए । जिल्लाका ३३४ मुम्वईयालाई संक्रमण देखिएको छ । संक्रमित मध्ये ६९ प्रतिशत मुम्वईबाट आएका हुन । जिल्लाका क्वारेन्टाईन मात्र वसेकालाई कोरोना संक्रमण भएको कारणले गर्दा मिडियामा आए जस्तो खतरा नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले वताउनु हुन्छ । समुदायमा केही केस फेला परे पनि संक्रमण फैलिएको छैन । क्वारेन्टाईनमा वसेका सवैमा परिक्षण भएपछि बृद्धीदर अति न्युन हुन्छ उहाले भन्नु भयो  । अझ व्यवस्थीत वनाएर लैजान केस ईन्भेस्टिेगसन र कन्टयाक ट्रेसिंगमा जोड दिनु पर्ने थापाले वताउनु भयो ।  

परिवारमा फैलिएन कोरोना :

कपिलवस्तुका समुदाय स्तरमा काम गर्ने ४ पत्रकार ,१ स्वास्थ्यकर्मी र १ जनप्रतिनिधी मध्ये कसैको पनि घरभित्र कोरोना फैलिएको पाइएन ।। पती पत्नी र वाल वालिकामा समेत संक्रमण भेटिएको छैन । कृष्णनगरमा खटिएका सुरक्षाकर्मीका नजिकको सम्पर्कमा रहेका कसैमा पनि कोरोना देखिएको छैन । कपिलवस्तुमा १ पत्रकारका २ छिमेकी र बाणगंगाका एक बालिकावाट आफ्नो साथीमा मात्र संक्रमण सरेको पाइएकोछ ।  

कसैमा पनि छैन लक्षण :

कोरोना संक्रमित भएर आइशोलेशनमा पुगेका सबै कुशल छन् । कसैमा पनि रुघाखोकी ज्वरो लगायतको कुनै पनि समस्या छैन । बुटवल प्रादेशिक अस्पत्तालमा कार्यरत डा. प्रशान्त आचार्यका अनुसार कपिलवस्तुका कोही पनि ब्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । 

खतराको सूचीमा छैन कपिलवस्तु  :

समुदाय स्तरमा कोरोना फैलन नपाउनु ,सबै पालिकाले क्वारेण्टाइनमा राखेकाको परीक्षण गराएर घर फर्काउने काम सरकारको निर्देशन अनुसार गर्नु र अहिले सम्म कसैमा पनि लक्षण नै देखा नपर्नुले कपिलवस्तु कोरोना संक्रमणको प्रारम्भीक जोखिममा परेपनि दिर्घकालिन खतराको सूचीमा नपरेको तौलिहवाका डा. किशोर बन्जाडेको तर्कछ । 

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६