ब्रेकिंग न्युज

समाजसेवी विष्टलाई ‘कोभिड–१९ हिरो’ अवार्ड



काठमाडौँ २४ जेष्ठ ।  कोरोना भाइरस कोभिड–१९ विरुद्ध उल्लेखनीय सामाजिक कार्य गरेवापत सुर्खेतका हरि विष्ट सम्मानित हुनुभएको छ । अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक सस्थाद्वारा उहाँलार्ई ‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मान गरिएको उक्त संस्थाले जनाएको छ । उहाँले लकडाउनका बेला प्रदेश राजधानी वीरेन्द्रनगरमा अतिविपन्न, अपाङ्गता भएका परिवार, डेरामा बस्ने विद्यार्थी तथा बेसाहरा भएका व्यक्तिलाई ग्याससहित खाद्य सामग्री सहयोग गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जाल फेसबुक, फोन सम्पर्कमा आएको प्राप्त सूचनाका आधारमा सहयोग सामग्री प्रदान गर्नुभएको थियो । 

            उहाँले पछिल्लो दुई महिनाको अवधिमा व्यक्तिगतरूपमा १५० परिवारलाई खाद्यान्न र  २१ परिवारलाई खाना पकाउने ग्यास सहयोग गरेको बताउनुभयो । “समस्यामा परेका नागरिकलाई दिनरात नभनी आफ्नो व्यक्तिगत सम्पत्तिको लोभ नमानेर सहयोग गरेँ, अवार्ड पाउँदा एकदम खुशी छु”, सम्मानित भएपछि उहाँले भन्नुभयो, “समाजसेवी कार्य अझै गरिरहेको छु, भविष्यमा पनि गर्नेछु, मूल्याङ्कन समाजले गर्नेछ, समाजसेवी अभियानबाट थाक्नेछैन ।”

            नेपालका विभिन्न स्थान र भारतबाट आउने कर्णालीवासीलाई खाजा, खाना र पानीको व्यवस्था गर्दै आएको उहाँले बताउनुभएको छ । त्यस्तै कतिपयलाई यातायात भाडाका लागि नगद पनि सहयोग गरेको उहाँको भनाइ छ । ‘हामी नेपाली ग्लोबल’ ले प्रत्येक दुई वर्षमा अवार्ड घोषणा गर्दै आएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६