ब्रेकिंग न्युज

कपिलवस्तुमा कोरोना सङ्क्रमित ५ सय नाघ्यो । ४८ सङ्क्रमित थप ।



कपिलवस्तु
कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ । आज कपिलवस्तुमा ४८ जना कोरोना सङ्क्रमित थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार दिउसो महाराजगन्ज नगरपालिकामा ३१ पुरुष र ६ महिला , यशोधरा गाउँपालिकामा १ पुरुष १ महिला बिजयनगर गाउँपालिकामा ५ पुरुष , बुद्धभुमी नगरपालिकामा ४ पुरुषमा सङ्क्रमण भएको छ । थप भएका ४ वर्ष देखी ५५ वर्ष उमेर समूहका भएको फोकल पर्सन कुमार थापाले बताउनु भयो ।
देशको सबै भन्दा बढी सङ्क्रमण भएको जिल्ला कपिलवस्तु हो । यशोधरा गाउँपालिकामा १३७ जनामा महाराजगन्ज नगरपालिकामा १०२ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना , शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका २९ जना, बुद्धभुमी नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउँपालिकामा २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६