कपिलवस्तु, २४ जेठ । कपिलवस्तु कारागाका एक कैदीको शनिवार बिहान मृत्यु भएको छ । कत्तब्र्य ज्यान मुद्दामा सजाय काटी रहेका यशोधरा गाउपालिका ७ इटवाका ५३ बर्षिय राम अधिन कहारको मृत्यु भएको हो । करिब १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगीएको थियो ।
अस्पतालका डाक्टरहरुले कहारलाई मृत घोषणा गरेको जेलर राकेश कुमार पाण्डेयले वताउनु भयो । गत साउन २ गते देखि सजाय काटेका उनको शव परिक्षण पछि बिस्तृत जानकारी आउने जेलर पाण्डेयले वताउनु भयो । मृतकको शव तौलिहवा अस्पतालको शव गृहमा राखिएको छ ।
प्रतिक्रिया