लुम्बिनी

महाराजगंजको वडा कार्यालयमा चोरी



कपिलवस्तु २४ जेठ ।  कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रवार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले वताउनु भयो । कार्यालयको दराजमा राखीएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको ३५ हजार चोरी भएको वडा सचिव राकेश चौवेले बताउनु भयो । 

        एक महिना देखी संकलन भएको राजस्व वडा कार्यालयमै राखीएकोले सेनेटाईजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेको भनाई छ । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवस्तावले घटनाको अनुसंधान र चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको वताउनु भयो ।

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६