कपिलवस्तु,२४ जेठ । विश्वभर फैलिएको माहामारी प्रकोप कोभिड १९ को प्रत्यक्ष प्रभाव कपिलवस्तु जिल्लालाइ परेको छ। स्वास्थ्य कार्यलय कपिलवस्तुको प्रकाशित तथ्यांक अनुसार जिल्लाको दशवटै स्थानिय तह अनि साठ्ठी भन्दा बढि वडाहरुमा झण्डै ५ सय भन्दा बढिमा कोभिड १९ को संक्रमण देखा परीसकेको छ ।जिल्ला भरीका दुई सय भन्दा बढि क्वारेन्टिन स्थलमा बाह्यमूलूक मूलतःभारतबाट आएकाहरुको व्यवस्थापन गर्दै स्वास्थ्य जांच पश्चात घर फर्काइने गरेको छ ।अझै संक्रमणको गति बढीरहेको मूलूक भारतबाट जिल्लाको खुला सिमाना हुंदै आउने क्रम निरन्तर छ । यो नयां मानव जातिकै चूनौतीको रुपमा रहेको माहामारी प्रकोप जन्य रोगले जिल्लाामा सवैमा जोखिम बढि रहेको छ । धेरै पैmलिसकेको हुनाले सवैमा यस प्रतिको भय, डर त्रासित भईरहेको समयमा सवैमा यसवारे जनचेतना जगाउनु जरुरी छ ।
मूलतः बर्तमान लकडाउनको समयमा धेरै जना एकै स्थानमा जम्मा गरेर पनि जागरण अभियान गर्न नमिल्ने र जोखीमका कारण सचेतानकरण तालिम,गोष्ठि पनी गर्न सम्भव नभईरहेको सन्दर्भमा जिल्लामा कार्यरत स्वास्थ्य र पोषणको क्षेत्रमा विगत वर्षहरु देखिने कार्यरत अमेरीकी सहयोग नियोगको आर्थिक सहयोगमा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको स्थानिय साझेदार गैर सरकारी संस्थाकालिका स्वावलम्बन सामाजकि केन्द्र तौलिहवाले आफना स्थानिय स्तरका करिव उनान्चास जना फिल्ड सुपरभाईजर र सामुदायिक पोषण सहजकर्ताहरु मार्फत घरबाटै सुरक्षित रहि जिल्ला भरीका साठठी हजार भन्दा बढी घरधुरीहरुको प्रोफाईल मोवाईल कमकेयर सफ्टवयर प्रणालिमा अध्यावधिक गरीएको फोन नम्वरको आधारमा टेलिफोन मार्फत परामर्श गर्ने गरीएको कुरा संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले वताउनु भएको छ ।
सुआहारा दोस्रो कार्यक्रम केन्द्रिय कार्यालय र स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य माहाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रको समन्वयमा तयार गरिएको फिल्ड कर्मचारीहरुका लागि घरभेट तथा फोन मार्फत कोरोना भाईरस रोग ९कोभिड १९० सम्बन्धि परामर्श गर्न सहयोगि पुस्तिका अनुसार गर्ने गरीएको कालिकाका फिल्ड संयोजक कृष्ण राज शर्माले वताउनु भएको छ । सवैले आआफ्नो कार्य क्षेत्र अन्गर्तगतका घर धुरीमा दैनिक सरदर १० घरधुरीलाई फोन बाट परामशृ गर्ने गरेको छ । परामर्शको क्रममा कोभिड १९ रोग सम्बन्धि, गर्भवति, सुत्केर्री र सोको घर परीवारलाई, स्तनपान गराईरहेको र स्तनपानसंंगै थप खाना खुवाई रहेका आमा तथा परिवारलाई, विदेशबाट आएका परिवारलाई गलिडरा बिधिवाट परामर्श गर्ने गरेको छ । खानेपानि तथा सरसफाई, घरायसी खाद्यान्न उत्पादन, लैंगीक समानता तथा सामाकि समावेशीकरण र मनोसामाजीक समस्या सम्बन्धि परामर्श समेत दिने गरेको कुरा कपिलवस्तु नगरपालिका अन्तर्गत कार्यरत फिल्ड सुपरभाईजर दिव्या कार्किले वताउनु भयो ।
टेलिफोनबाट कोभिड रोग र त्यसवाट जोगीन अपनाउनु पर्ने उपायहरु, आमा तथा वच्चाको स्याहार संस्थागत सुत्केरी एबं सरसफाइको विषयमा परामर्श पाएर यस सम्बन्धमा परीवार अनि समुदायमा फाइृदा पुगेको कुरा शिवराज नगरपालिका वडा नं। १ भलुही वस्ने नारायणी खड्का कृष्णनगर नगरापालिका वडा नम्वर ३ चैपुरवा वासीन्दा गर्भवति महिला मान्ती कोहारले वताउनु भयो ।२६ चैत्र २०७७ देखी शुरु गरेको टेलिफोन घरधुरी परामर्श हाल सम्म जिल्ला भरी सोह्र हजार नौ सय सन्तानब्बे घरधुरीहरुलाई गरीसकेकोमा जसमध्ये सत्र सय छ घरधुरी गर्भवति भएका महिला र परिवारहरु,छ हजार सात सय बहत्तर जना दुई बर्षमुनीका वालवालीका भएका आमा तथा घरपरिवारहरु लाभान्वित भएका, साथै सोही मध्येका दुइ सय चौध जना भारत बाट आएका ब्यक्तीहरुलाई विदेशबाट आएपछी ध्यानदिनुपर्ने विषयमा र छैसठ्ठी जना ज्योरो आएका व्यक्तीहरुलाई नजिकको स्वास्थ्य संस्थामा गइ उपचार सेवा लिन रिफर गरी सेवामा पहुंच बढाउने काम गरेकोछ ।
स्थानीय छ वटा एफएमहरुबाट साप्ताहिक रुपमा प्रत्येक आइृतबार विहान७ देखी ८ वजे भन्छिन आमा कार्यक्रममार्फत पोषण र कोभिड वारे सचेतनामूलक कार्यक्रम नेपाली र अवधी भाषामा प्रशाराण गर्ने गरेको छ । दैनिकपोषण, प्रजनन स्वास्थ्य र सरसफाइ र कोभिडको सचेतना मूलक जिंगलहरु सोही रेडियोहरुवाट दैनिक महत्वपूर्ण समयमा प्रशाराण गरी समुदायप्रति जिम्मेवार वन्न प्रयास गरेको जानकारी संस्था काकार्यकारी निर्देशक थापाले गराउनु भएको छ । सवै लकडाउन गरीएको समय, भयत्रास छाएको समयमा आफु पनि सुरक्षित रही समुदायलाई नया प्रविधि अपनाई टेलीफोन परामर्श गर्ने र मोवाईल एसएमएस पठाइ कोभिडबाट सुरक्षीत रहन रं १००० दिन अवधिका को स्वास्थ्य,पोषण वारेमा सहयोग जागरण जगाउनुको साथै यस वारेमा साप्ताहीक रुपमा स्थानीयतहको स्वास्थ्य शाखामा प्रगति विवरण उपलब्ध गराउने काम गरेको छ । सस्थाले राम्रो सहयोग पुरयाएको कुरा कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाप्रमुख उमेश गुप्ताले वताउनु भएको छ । यो संकट व्यवस्थापन र पार लगाउन सवै क्षेत्रको सहकार्य र भूमकिा अपरिहार्य आजको आवश्यकता भएको शन्दर्भमा सवैको हातेमालो सरकारसंग जरुरी रहेको छ ।
प्रतिक्रिया