अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो, निको हुने ३४ लाख बढी



एजेन्सी, २५ जेठ । कोरोना भाइरसको कहर बढ्दै गएसँगै भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १८४ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ६३० पुगेको छ ।

        कोरोना भाइरसका कारण ३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस निको भएका छन् । विश्व भर कूल ३४ लाख १० हजार ९९४ जना निको भएका छन् ।  कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ६९ लाख ७० हजार नाघेको छ । आइतबार विहानसम्म कुल संक्रमितको संख्या ६९ लाख ७०  हजार ६३० पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

        ५ महिनादेखि फैलिरहेको कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५८३ जनाको मृत्यु भएको छ । २० लाख ७८ हजार ७३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना निको भएका छन् ।

        विश्वका २१३ मुलुक र  पानी जहाजमा फैलिएको कोरोना भाइरसले एसियाली मुलुकहरुमा पनि ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना निको भएका छन् ।

 ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । विश्वको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा १९ लाख ८८ हजार ५४४ जना संक्रमित भएका छन् । अमेरिकमा मृत्यु हुनेहरुको संख्या १ लाख १२ हजार ९६ पुगेको छ । त्यस्तै ७ लाख ५१ हजार ८९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । अमेरिकामा प्रहरीले अफ्रिकी मुलका अमेरिकनको हत्यापछि त्यहाँ भएका प्रदर्शनका कारण पनि संक्रमण बढ्दै गएको बताइएको छ । अमरिकामा कोरोना भाइरसका कारण ४ करोड मानिसहरुले रोजगारी गुमाई सकेका छन् । 

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६