लुम्बिनी

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण दुःखद्



बुटवल, २५ जेठ । लकडाउनको बेला विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति सामाजिक विकास मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक प्रेस विज्ञप्ती जारी गर्नुहुदै त्यस प्रकारको घटनाले अत्यन्तै दुःखी तुल्याएको जनाउनु भएको हो । प्रेस विज्ञप्तीमा मन्त्री बरालले कोभिड–१९ विरुद्ध अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुव्र्यवहारको घटनाप्रति घोर भत्र्सना तथा निन्दा गर्दछु भन्नुभएको छ । 

        मन्त्री बरालले यस प्रकारका आक्रमण तथा दुव्र्यवहार हाम्रो प्रदेशमा भएमा संलग्नहरुलाई कारवाहीको लागि प्रदेश सरकार कठोर कदम चाल्न वाध्य हुने व्योहोरा उल्लेख गरिएको छ ।  संक्रमणको शुरुवाति चरण अघिदेखि नै स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ उपचार गरिरहेको उल्लेख गर्नुहुदै उहाँले कठिन कार्यमा खट्नु हुने स्वास्थ्यकर्मीहरुलाई उच्च प्रशंसासहित सम्मान प्रकट गर्नुभएको छ । 

        संक्रमितहरुको संख्या वृद्धि हुदैं जाँदा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि अग्रभागमा खटिनु भएका स्वास्थ्यकर्मीको जिम्मेवारी अझै थपिएको उहाँले जनाउनु भएको छ । प्रदेश सरकार स्वास्थ्यकर्मीहरुको भौतिक, पेशागत र स्वास्थ्य सुरक्षाप्रति निकै संवेदनशील भन्दै मन्त्री बरालले विश्वास दिलाउनु भएको छ ।

        उहाँले  कोभिड –१९ का विरुद्ध अग्रभागमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई विगतमा जस्तै उच्च मनोबलका साथ खटिन अपिल गर्नु भएको छ । मन्त्री बरालले विज्ञप्तीमा सबैको साथ र सहकार्य र सहभागीताबाट कोभिड– १९ माथि नियन्त्रण सम्भव छ भन्दै सम्पूर्ण जनसमुदायलाई कोभिड– १९ को नियन्त्रण तथा रोकथाममा सबैको सहभागीता र सहकार्य जरुरी रहेकाले स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउने व्यवहार गर्न आह्वान गर्दछु भन्नुभएको छ । 

        विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट प्रदेश नं ५ पनि चपेटामा छ ।  प्रदेश नं ५ मा हाल सम्म संक्रमितको संख्या ९ सय ६४ पुगेको छ ।  अहिलेसम्म ८६ जना निको भएर घर फर्किसक्नु भएको छ । चारजनाको मृत्यु भएको छ भने ३ जना सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६