ब्रेकिंग न्युज

चिहान खनेर हड्डी निकालेको आरोपमा ३ जना पक्राउ



सोलुखुम्बु २५ जेष्ठ । सोलुखुम्बु प्रहरीले मानिसको हड्डीसहित ३ जनालाई पक्राउ परेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका(५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका ८ का टेकमान राई र मोलुङ गाउँपालिका १ ओखलढुङ्गाका लाङिमा शेर्पा रहेका छन् ।पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६