कपिलवस्तु २५ जेष्ठ । देशभरका सबै मालपोत कार्यालय आइतबारदेखि खुलेका छन् । सरकारको निर्णय अनुसार मालपोत कार्यालयहरु खुलेका हुन् ।लकडाउनसँगै बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।त्यही अनुरुप कार्यालय आजबाट खुलेका हुन् । बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग हुँदै आएको थियो ।सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।
२५ जेष्ठ २०७७, आइतबार
प्रतिक्रिया