लुम्बिनी

१० जना कोरोना संक्रमित निको भएर घर फर्किए



दाङ २५ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दाङका दुई जना सहित १० जना आइतबार घर फर्किएका अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो ।निको भएर घर फर्किनेमा दाङको घोराही उपमहानगरपालिकाका १ जना, गढवा गाउँपालिकाका १ जना रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण जिल्ला स्तरिय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो।यस्तै अन्य निको हुनेमा बाँकेको नरैनापुर गाउँपालिकाका ५ जना, बर्दियाका १ जना, कपिलवस्तुका २ जना रहेको उहाँले बताउनुभयो ।

                  उनीहरुलाई घरमा क्वारेन्टाइनमा बस्ने गरेर सुझाव सहित पठाइएको चन्दले जानकारी दिनुभयोे ।निको भएर घर फर्किनेमा ५ जनाको दुई पटकको रिपोर्ट नेगेटि भएपछि पठाइएको छ भने ५ जनालाई नेपाल सरकारको नियम अनुसार १४ दिनको बसाई पछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर शर्माले बताउनुभयो । घर फर्किनेमा १८ देखि ४० वर्षसम्मका छन् ।यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निको भएर घर फर्किएक सबैलाई बधाई ज्ञापन गर्नुभएको छ । निको भएर घर जानेको संख्या निरन्तर बढदै गएको भन्दै सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘आज बेलझुण्डी कोरोना विशेष अस्पतालवाट १० जना निको भई घर फर्कनु भएको छ, उहाँहरु सबैलाई बधाई छ ।’

 

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६