कपिलवस्तु
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५४७ पुगेको छ । आईतवार २४ जना कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिकामा ९ पुरुष, यशोधरा गाउँपालिकामा १३ पुरुष १ महिला ,कपिलवस्तु नगरपालिकामा १ पुरुषमा संक्रमण भएको छ । कपिलवस्तु नगरपालिकामा थप भएका राष्ट्रिय बाणिज्य बैंकका म्यानेजरहुन यशोधरा गाउपालिकामा १५१ जनामा महाराजगंज नगरपालिकामा १११ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना , शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका ३० जना, बुद्धभुमी नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउपालिकामा २१ जनामा संक्रमण भएको पुष्टी भएको छ ।
२५ जेष्ठ २०७७, आइतबार
प्रतिक्रिया