ब्रेकिंग न्युज

क्वारेन्टाईनमा लियोक्लव र लायन्सक्वलद्धारा दैनिक उपभोग्य समाग्री सहयोग प्रदान



कपिलवस्तु  २४ जेठ  । कपिलवस्तुको वाणगंगा नगरपालीका भित्रका भारत लगाएत तेश्रोमुलकुवाट आई क्वारेन्टाईनमा वसिरहनु भएका नागरवासिलाई सहयोग उपलव्ध गराईएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लव अफ कपिलवस्तुले सामाग्री सहयोग उपलव्ध गराएको छ । लायन्स क्लब अफ कपिलवस्तुको सहयोग तथा सहकार्यमा नगर भित्र रहेका १० वटा क्वारेन्टाईनमा खाद्य सामाग्री सहितको दैनिक उपभोग्य समाग्री सहयोग प्रदान गरिएको क्लवले जनाएको छ ।

        क्वारेन्टानईनमा रहनु भएका नागरवासिहरुलाई दैनिक उपभोग गर्ने सामाग्री प्रयोगमा सहजहोस भनि समाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत खाद्य समाग्री सहित ताजा तरकारी सहयोग स्वारुप उपलव्ध गराईएको लियो क्लवका प्रेस संयोजक लक्ष्मण सापकोटाले जानकारी दिनु भयो । नगर भित्र रहेका सवै क्वारेन्टाईनमा सहयोग उपलव्ध गराउने क्लवको कार्यक्रम रहेको छ । क्लबका अध्यक्ष मदन पौडेल, लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे लगाएतका दुवै संस्थाका पदाधिकारीहरुको सहभागीतामा समाग्री प्रदान गरिएको हो । सामाजिक दुरी कायम गरि सहयोग प्रदान गरिएको प्रेस संयोजक सापकोटाले वुद्धआवाजलाई जानकारी दिनु भयो ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६