ब्रेकिंग न्युज

अनिषको परिवारमा आशा पलायो , अभियानता रेग्मिको सहयोग



बुटवल २५ जेष्ठ । बुटवल  ट्राफिक चोकका १७ बर्षिय  अनिषको दुवै किड्नी फेल भएको छ । आर्थिक् अवस्था कम्जोर भएका उनको उपचारका लागी  २५ लाख बढि खर्च लाग्ने अस्पतालले बताएको छ ।  उनलाई हप्तामा दुईपटक डायलोसोस गर्नुपर्ने परिवारको भनाई छ । उनको उपचारका लागी रुपन्देहीका अर्जुन रेग्मिको संयोजकत्वमा  अनिष बचाउ अभियान सुरु गरि विभिन्न माध्यम मार्फत देश तथा बिदेशबाट सङ्कलित कुल सहयोग रकम रु ५६,९४५ छपन्न हजार नौ सय पैचालिस आज एकमुष्ट पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ । उपचारका लागी  २५ लाख आवश्यक भएपनी हालसम्म ७ लाख मात्र सकंलन भएको अभियानता रेग्मिले जानकारी दिनुभयो  । रेग्मिले  यो अभियानमा रहेर सहयोग गर्नुहुने सम्पुर्ण धन्यवाद व्यक्त गर्नुभएको छ । अनिषको पारिवारीक अवस्था  कमजोर  भएको बताउदै सबैलाई सहयोगको अपिल समेत गर्नुभएको छ । अभियानता रेग्मि सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । 

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६