अर्थ-वाणिज्य

मूल्य आकासियो खुल्यो सुनचाँदीको कारोवार



काठमाडौं, २५ जेठ । लामो समयपछि खुलेको सुनचाँदीको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी कर्ताहरु आकर्षिक भएका कारण सुनचादीको मूल्य बढेको हो । आज छापावाल सुनको मूल्य तोलाको रु ८७ हजार ४०० तय गरिएको थियो । यस्तै तेजावी सुनको मूल्य रु ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासङ्घले आज चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो । 

        लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी (लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो । अबका दिनमा सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६