अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ७० लाखभन्दा बढी संक्रमित, ४ लाख ५ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २६ जेठ ।  कोरोना भाइरस (कोभिड–१९) कहरको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार पार गरिसककेको छ । सोमबार विहानसम्म विश्वभर वल्डोमिर्टसका अनुसार कुल मृतकको संख्या ४ लाख ५ हजार २६९ पुगेको छ । विश्वभर कोरोनाबाइरसबाट संक्रमित हुनेको संख्या  संख्या ७० लाख ८५ हजार पुगेको छ ।  विश्वभर कूल संक्रमितको संख्या ७० लाख ८८५ हजार ७०२ पुगेको छ ।

        ३२ लाख २० हजार ६०४ जनाको उपचार भइरहेको मध्ये ५३ हजार ७५२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । विश्वभर कूल ३४ लाख ५९ हजार ८२८ जना कोरोना भाइरसको संक्रमणबाट निको मुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ७८ हजार ९४३ जनाको मृत्यु भएको छ ।

        अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना निको भएका छन् ।  ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना निको भएका छन् । 

        २० लाख ९४ हजार ३२४ जना संक्रमित भएकोमा १० लाख ८२ हजार १२८ जना निको भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना निको भएका छन् । एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

        विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा २० लाख ७ हजार ४४९ जना संक्रमण भएका छन् । त्यहाँ कोरोना भाइरसका कारण १ लाख १२ हजार ४६९ जनाको मृत्यु भएको छ । अमेरिकामा ७ लाख ६१ हजार ७०८ जना संक्रमण मुक्त भएका छन् । अमेरिकामा प्रहरीले अफ्रिकी मुलका अमेरिकी नागरिको हत्या गरेको भन्दै गत हप्तादेखि जारी आन्दोलनका कारण पनि त्यहाँ संक्रमण बढ्दै गएको बताइन्छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६