स्याङ्जा, २६ जेठ । स्याङ्जाका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिज्ञप्ति निकाली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु पुष्टि गरेको हो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएको बताइएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ।
प्रतिक्रिया